कृषि विश्वविद्यालयमा विद्यार्थी संख्या घट्‍नु चिन्ताको विषय : प्रधानमन्त्री

काठमाडाैं | चैत १६, २०७९

कृषि विश्वविद्यालयमा विद्यार्थी संख्या घट्‍नु चिन्ताको विषय : प्रधानमन्त्री

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्।

 

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री एवं कुलपति प्रचण्डले कृषि, वन तथा पशुपालनसम्बन्धी विज्ञको आवश्यकता बढिरहेको बेला विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्नु चिन्ताको विषय भएको बताए।

 

'देशको लागि कृषि, वन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ,'प्रधानमन्त्री प्रचण्डले भने,' यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्‍वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी  समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाइ छ।'

 

प्रधानमन्त्री प्रचण्डले विद्यार्थीलाई स्वदेशमा उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्‍वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको बताए।  उच्‍च शिक्षाको क्षेत्रमा देखिएका विभिन्‍न समस्या यथासमायमा नै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिनुपर्ने बाध्यतालाई पक्कै कम गर्न सकिने उनको भनाइ ।

 

यसका लागि विद्यार्थीहरूले अध्ययन गर्न चाहेको विषयमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनुपर्नेमा जोड दिए।

 

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्‍ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सकेमात्रै दिगो विकासका लक्ष्य पूरा गर्न सकिने बताए।

 

उनले विश्‍वविद्यालयले कृषि र वन विज्ञान शिक्षामा शैद्धान्तिकभन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन/पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र वनसँग सम्बन्धित जन समुदायमा पुर्‍याउन सकेमा फलदायी हुने बताए।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्